arrow

युरोपा लिग फुटबलमा रुस्तोभसंग म्यानचेष्टर युनाइटेड बराबरीमै रोकियो

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
manutd-europa-league.jpeg
ओलिम्प टु । युरोपा लिग फुटबलको राउन्ड अफ सिक्सटिनमा इङलिश क्लव म्यानचेष्टर युनाइटेडले बराबरीमै चित्त बुझाएको छ । रुसी क्लव एफसी रुस्तोभसंगको खेलमा म्यानचेष्टरले १–१ गोलको बराबरीमा खेल सकाएको हो ।
 
३५ औं मिनेटमा हेन्रिक एमखित्रायनको गोलबाट म्यानचेष्टरले अग्रता लिए पनि ५३ औं मिनेटमा एलेक्सान्द्र बुखारोभले गोल गर्दै घरेलु क्लवलाई बराबरीमा ल्याए ।
 
यो खेलमा बराबरी गरे पनि अब दोस्रो लेगको खेल घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल्ने भएकाले म्यानचेष्टरले क्वार्टरफाइनलमा ठाउँ बनाउने विश्वास म्यानचेष्टरका प्रशिक्षक जोजे मौरिन्होको छ ।
 
उनी मैदानप्रति भने असन्तुष्ट देखिएका छन् । 
 
युरोपा लिगका बिहीबार रातिका अन्य खेलमा एन्डरलेच, एफसी कोबेनहेभन, सेल्टाभिगो, जेन्क र लियों विजयी भएका छन् । एन्डरलेचले एपोइल निकोसियालाई १–० ले, कोबेनहेभेनले आयाक्सलाई २–१ ले, सेल्टाभिगोले एफसी क्रास्नोडारलाई २–१ ले, जेन्कले जेन्टलाई ५–२ ले, लियोंले रोमालाई ४–२ ले हरायो ।
 
ओलम्पियाकोस र बेसिक्तास तथा साल्के र बोरुसिया मोन्चेनग्लाबाचले १–१ को बराबरी खेले । 
Mkhitaryan was in the right place at the right time for United as he arrived late in the six-yard box to sweep home
Zlatan Ibrahimovic played a vital role in creating the goal, poking the ball back from the byline into his team-mate's path
Rostov frontman Aleksandr Bukharov ensured United did not get the perfect result from their trip to southern Russia
On a difficult pitch the ball was in the air a lot. Here, Ibrahimovic gets up with Miha Mevlja and Aleksandru Gatcan
The wide areas were had the best of the grass coverage and Ashkey Young found himself in the game a fair amount
Sand kicks up off the surface as Paul Pogba tries to nick the ball away from Rostov's Christian Noboa in a poor opening half
During an injury break United manager Jose Mourinho issues instructions to right wing-back Young ahead of play resuming 
Mkhitaryan was heavily involved in the first half. Here he reacts angrily to an incident that saw the Armenian booked
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ