रसुवा। कालिका गाउँपालिका वडा न ५ मा रहेको जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा रमेश देवकोटा चयन भयका छन्। नेपाल सरकारको मन्त्री स्तरको निर्णयबाट कालिका गाउँपालिका ५ निवासी देबकोटा नियुक्त भएका हुन्। स्थानीय समाजसेबी तथा स्वास्थ्य केन्द्र भएको स्थानका वासिन्दाका तर्फबाट अस्पताल सञ्चालक समिती अध्यक्ष बन्ने प्राबधान रहेको छ ।
स्थानीय स्तरमा अशल र कुशल नेतृत्व गर्न सक्ने छवि बनाएका देवकोटाको कार्यकालमा अस्पताल जिल्लाकै उत्कृष्ट स्वस्थ्य केन्द्र बन्नेमा आशावादी रहेको नेपाली कांग्रेस रसुवाका युवा नेता शैलेश पौडेलले बताए।