arrow

चार अर्ब बढीको प्रतिबद्धता

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
waterfall-beauty-lets-explore-lets-get-lost.jpeg
काठमाडौँ। ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ । 
 
मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा ३ अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको छ । 
 
यस्तै कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले रु ६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता जनाएका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १०० मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले जनाएको छ । 
 
लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ । मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ