arrow

शुक्लाफाँटा पर्यटन महोत्सव हुने

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ चैत ३ बिहिबार
Kanchanpur-hamrakura.jpg.jpeg
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि चैत्रको पहिलो साता पर्यटन महोत्सव आयोजना गरिएको छ । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट्स नाटा सुदूरपश्चिमको अगुवाईमा चैत्र ४ गतेदेखि शुक्लाफाँटा पर्यटन महोत्सव २०७३ आयोजना गरिएको हो । 
 
बुधबार आयोजकले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै तीन दिन सम्म संचालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस नाट्टा सुदूरपश्चिमका उपाध्यक्ष प्रमानन्द भण्डारीले यस क्षेत्रको पर्यापर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताए । 
 
उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, ताल तलैया र दुर्लभ वन्यजन्तु, बनस्पतिको बारेमा पर्यटकलाई जानकारी गराईने छ । नेपाल–भारतका टुर एजेन्सेसीहरुलाई शुक्लाफाँटाको विषेशता बारेमा समेत जानकारी गराईने उपाध्यक्ष भण्डारीले बताए । 
सिमित व्यक्तिलाई हामीले आरक्षभित्र घुमाउने छौँ, ‘उनले भने, ‘यसबाट उनीहरुले आ–आफ्नो क्षेत्रमा स्वत प्रचार गर्छन ।’ तीन दिन सम्म संचालन हुने महोत्सवमा दैनिक एकसयका दरले नेपाल भारतका तीन सय पर्यटकहरुलाई शुक्लाफाँटा भित्र घुमाईने छ । ‘आयोजकले आमन्त्रण गरेका पाहुनाहरुलाई हामीले एक दिनको गासवासको व्यवस्था गरेका छौँ, ‘उनले भने, ‘अन्य पर्यटकका लागि समेत सहुलियतमा व्यवस्था मिलाउँछौँ ।’  
 
महोत्सवकै दौरानमा सुदूरका प्रख्यात पर्यटकिय गन्तव्य रामारोशन, मालिकार्जुन, अपि साईपाल, बडिमालिका, घोडाघोडी, टिकापुर पार्क, कर्णाली पुल, सेटी ¥याफ्टिङ्ग क्षेत्रमा समेत पर्यटक घुमाईने छ । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस सुदूरपश्चिमका अध्यक्ष माया प्रकास भट्टले सुदूरमा थुप्रै पर्यटकिय सम्भावना भएका कारण महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा भारतीय पर्यटन व्यवसायीहरुको समेत सहभागिता रहने छ ।  
 
शुक्लाफाँटालाई भारतीय उत्तराखण्डका पर्यटकीय गन्तव्यसँग जोड्नका लागि समेत महोत्सवले भूमिका निर्वाह गर्ने उनको भनाई छ । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टसका राष्ट्रिय अध्यक्ष मघु सुधन आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव निकुञ्ज भित्रै संचालन हुने छ । महोत्सवमा पाँच स्टलमात्रै राखिने छन् ।  
 
नेपाल पर्यटन बोर्ड, विश्व बन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आयोजकको मात्रै स्टल राखिने छ । दैनिक सुदुरपश्चिमका थारु आदिवासी र पहाडी समुदायको लोक संस्कृती झल्कने नृत्य समेत प्रस्तुत गरिने छन् ।  
 
महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले महोत्सवबाट शुक्लाफाँटाको प्रचार हुने बताए । महोत्सवमा संघको समेत सहयोग रहेको उनले बताए । महोत्सव चैत्र ६ गते समापन गरिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ