arrow

सुरु भयो शुक्लाफाँटा पर्यटन महोत्सव

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७३ चैत ४ शुक्रबार
suklafata-mahotsab.jpeg
कञ्चनपुर ।  कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव शुरु भएको छ । शुक्रबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिसरमा तीन दिने शुक्लाफाँटा पर्यटन महोत्सव २०७३ शुरु भएको हो । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस नाट्टा सुदूरपश्चिमको अगुवाईमा ‘सुदूरपश्चिमको आवाज : पर्यटनको विकास भन्ने मुल नाराका साथ  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको छ । 
 
नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले महोत्सवको उद्घाटन गरे। महोत्सवको उद्घाटन गर्दै अध्यक्ष आचार्यले आर्थिक विकासका लागि आन्तरिक तथा बाह्य पर्यटक भियाउनुपर्ने बताए । 
 
उद्घाटन समारोहमा सुदूरपश्चिका रानाथारु पहाडी समुदायको लोक नृत्य समेत प्रस्तुत गरिएका थिए । पहाडीको पञ्चेबाजा र थारु समुदायको सखिया, लाठी नृत्य प्रस्तुत गरिएको छ । 
 
उद्घाटन समारोहमा बोल्ने सुदूरपश्चिमका पर्यटन व्यवसायीले सुदूरपश्चिम क्षेत्रमा थुप्रै पर्यटकीय सम्भावना भएपछि राज्यको लगानी अभावका कारण पर्यटकिय क्षेत्र ओझेलमा परेको गुनासो गरेका छन् । कैलाली धनगढीका होटेल तथा पर्यटन व्यवसायी प्रकासचन्द्र भट्टले सुदूरमा भएका पर्यटकिय क्षेत्रको सुधार आवश्यक रहेको औल्याए ।  पर्यटकिय गन्तव्य लागनी बिहिन भएको भन्दै उनले लगानीमा जोडदिए । 
 
 नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाटा) सुदूरपश्चिमका सल्लाहकार तथा बरिष्ठ पत्रकार चित्राङ्ग थापाले पर्यटकीय गन्तव्य शुक्लाफाँटा लगायतका थुप्रै गन्तव्य भएको बताउदै पर्यटकीय क्षेत्रको विकास गर्न सके यस क्षेत्रको आर्थिक बृद्धि हुनेमा जोडदिए ।  नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस नाट्टा सुदूरपश्चिमका उपाध्यक्ष प्रमानन्द भण्डारीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भईसकेको अवस्थमा यस क्षेत्रमा पर्यटकिय गन्तव्य बनाउनुपर्ने बताए । 
 
शुक्लाफाँटा भित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, ताल तलैया र दुर्लभ वन्यजन्तु, बनस्पतिको बारेमा पर्यटकलाई अवलोकन गराउनुका साथै छेउमै रहेको एशियाकैदोस्रो लामो झोलुङ्गे पुलको समेत अध्ययन अवलोकन गराउने उनले बताए । 
 
कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालयको प्रतिनिधित्व गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी आर्थिक विकासका लागि पर्यटकिय क्षेत्रको विस्तार आवश्यक रहेको बताउदै कञ्चनपुरमा मात्रै थुप्रै सम्भावना भएको बताए । उनले निजी क्षेत्र र सरकारी क्षेत्रको साझेदारीमा पर्यटनको विकासमा जोडदिए । 
 
नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस सुदूरपश्चिमका अध्यक्ष माया प्रकास भट्टले सुदूरको तराईदेखि हिमालसम्म अथाह पर्यटकीय क्षेत्रभएपनि पुर्वाधारको अभावका कारण उक्त क्षेत्र ओझेलमा परेको बताए । अध्यक्ष भट्टका अनुसार महोत्सवकै दौरानमा सुदूरका प्रख्यात पर्यटकीय गन्तव्य रामारोशन, मालिकार्जुन, अपि साईपाल, बडिमालिका, घोडाघोडी, टिकापुर पार्क, र झोलुङ्गे पुल क्षेत्रमा समेत पर्यटक घुमाईने छ । 
 
 नेपाल पर्यटन बोर्ड, विश्व बन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आयोजकको स्टल राखिएको छ । महोत्सवले सुदूरको पर्यटन विकासका लागि टेवा पुग्ने आयोजकको अपेक्षा छ ।  महोत्सव चैत्र ६ गतेसम्म संचालन हुनेछ । महोत्सवमा रानाथारु सामुदायिक होमस्टेका परिवार समेत राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ