काठमाडौं । आम पाठक र दर्शकले गीतको छायांकन गरेको सुनेकै हो र हेरेकै पनि हो । तर चर्चित कवि मञ्जुलले लेखेको एक कविताको भने हालै जापानमा छायांकन गरिएको छ ।
समुन्द्र र बस्ती नाम दिइएको कवितालाई जापानको इनोसिमामा निर्देशक दिलिप श्रेष्ठले खिचेका हुन् । भिडियोमा जापानी कलाकार काओरु र नेपाली कलाकार राजन पौडेलको अभिनय छ । भिडियोमा ओमप्रकाश गुरुङको छायांकन छ ।