arrow

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Kabhrepalanchok-hamrakura.jpeg
बनेपा । काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । 
 
जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए  । उनले जिल्लामा कुल १ करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई १ लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ ।
 
त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा  दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले  चार लाख र पाँचजनाले रु दुई–दुई लाख अनुदान पाएका छन् । 
 
यस्तै, कुखुरापालनतर्फ सहकारी संस्थालाई रु पाँच लाख, पशु आहार मिसनतर्फ  पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा  आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ । “यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,” जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक सापकोटाले भने। उनले अनुदानको रकम वितरणको काम जारी रहेको उल्लेख गर्दै अनुदान रकम उत्पादन बढाउने काममै लगाउन कृषकसँग आग्रह गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ