प्रधानमन्त्री ओलीले पत्नीलाई भने,‘फूलै फूलको मौसम तिमीलाई’(शीर्ष गीत भिडियो)
प्रकाशित २०७२ पुष १३ सोमबार
1.2k
Shares
काठमाडौं । आफ्नो फिल्म प्रमोसनका लागि निर्देशक दिनेश डिसी निकै माहिर छन् । कुशल मास्टर अफ सेरेमोनी(एमसी)समेत रहेका दिनेशले आफु उपस्थित हुने हरेक कार्यक्रममा आफ्नो प्रदर्शोन्मुख फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को प्रमोसन गरिरहेका छन् । केही समय अघि राजधानीमा सम्पन्न एक फिल्मी अवार्ड कार्यक्रममा फूलैफूलको ज्याकेट लगाएर स्टेजमा नाँचेका दिनेश सोमबार भने प्रधानमन्त्री निवास बालुवाटारमा भेटिए ।
राजनीतिक दलसँगको बैठकको व्यस्तताका बाबजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले डिसीको कार्यक्रममा पुगेर फिल्मको अडियोभिडियो सार्वजनिक गर्न भ्याए । फिल्मको नाम नै फूलसँग जोडिएपछि प्रधानमन्त्री पनि के कम उनले श्रीमतिलाई गुलाबको फूल दिँदै भने,‘फूलैफूलको मौसम तिमीलाई’ । प्रधानमन्त्रीले यसो भन्दा कार्यक्रममा हाँसोको माहौल बनेको थियो ।
प्रधानमन्त्री ओलीले आफु पनि फिल्म हेर्न इच्छुक रहेको बताउँदै १० वटा टिकट आफ्नो नाममा राखिदिन आग्रह गरे । कार्यक्रममा निर्देशक डीसीले फिल्मको तर्फबाट धादिङमा पुल निर्माण गर्न ७ लाख रुपैंयाँ सहयोग गर्ने बताए । फिल्ममा आमेश भण्डारी र निता ढुंगानाको प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्म फागु २१ बाट अल नेपाल रिलिज हुँदैछ ।