arrow

इट्टाभट्टाको धुँवाले गाँउलेलाई सास्ती

बस्तीमा उद्योग संचालनको अनुमति

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत १० बिहिबार
syangja-block-2017.jpeg
स्याङ्जा। विहान उज्यालो नहुँदै धुँवा पिउन बाध्य बनेका छन् स्थानीयहरु। वालिङ नगरपालिका स्थित वडा नं. ११ मा रहेको इट्टाभट्टाबाट निस्केको धुँवाले गाँउलेहरुलाई सास्ती नै बनाएको छ। इट्टाभट्टाको धुँवाका कारण सर्वसाधरण मात्रै होइन वोटविरुवामा समेत असर देखा पर्न थालेको स्थानीयहरुको भनाई छ। उद्योग संचालन गर्नुपूर्व अनुमति लिनुपर्ने सरकारी प्रावधान अनुसार सबै गाँउलेहरुले उद्योग संचालनका लागि हस्ताक्षरण समेत गरेर दिएका थिए। उद्योग बाट निस्कने प्रर्दुषणले कस्तो असर गर्छ भन्ने थाहा नभएकाले गाँउलेहरुले उद्योग संचालनका लागि अनुमति दिएका थिए।
 
गाँउमै ठुलो उद्योग संचालन हुदा फाइदा हुन्छ भन्ने मान्यौ एक स्थानीयले भने,“उद्योगले फाइदा दिन्छ भन्ने मात्रै बुझ्यौ तर यसको बेफाइदा नबुझ्दा यसको असर खेप्न बाध्य भयौं।” उद्योग असर नबुझेकै कारण आज हामीले उद्योगको असर भोग्न बाध्य छौं ति स्थानीयले भने। सबै गाँउलेहरुले इट्टाभट्टा उद्योग संचालन गर्न दिएको अनुमतिका कारण खुलेर यसको विरोध पनि गर्न सकेका छैनन्। सरकारले पनि उद्योग संचालनका लागि अनुमति दिनुपूर्व यसको अध्ययन अवलोकन र स्थानीयहरुलाई यसको असरका बारेमा जानकारी गराउनु पर्नेमा त्यसो नगरिएको समेत फेलापरेको छ। सबै गाँउलेहरुले अनुमति दिएकाले उद्योग संचालनका लागि अनुमति दिएको घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाले जनाएको छ।
 
घरेलुका अनुसार ५ सय घरधुरीलाई मात्रै वस्ती मान्ने भएकाले उक्तठाँउमा उद्योग संचालन गर्ने मापदण्डपुरा भएको जनाएको छ। तर इट्टाभट्टाले सर्वसाधरणलाई पुर्‍याएको नोक्सानी खुलाएर निवेदन दिएमा इट्टभट्टा संचालन गर्ने अनुमति रद्ध गर्न सकिने जनाएको छ। इट्टा उत्पादन गर्दा बनाईएको चिम्नीबाट निस्किने धुँवाका कारण अधिकांश यहाँका मानिसहरुलाई दमको रोग हुन सक्ने अनुमान लगाइएको छ। बस्तीभित्रै उद्योग संचालन गर्न दिएको अनुमतिमा सरकारी कर्मचारी पनि संलग्न हुन सक्ने आशंका व्यक्त गरिएको छ। अहिले गाँउलेहरुले इट्टाभट्टा बन्द गर्न आग्रह गर्ने अवस्थामा पनि देखिदैनन्।
 
यसमा संम्वन्धीत निकायले चासो राख्नुपर्ने देखिन्छ। प्रगति इट्टाभट्टाका संचालक सुदिप अर्याललाई पटकपटक भेट्ने प्रयास गर्दापनि चासो दिएका छैनन्। किन बस्तीभित्र इट्टाभट्टा संचालन गरियो भन्ने प्रश्नमा सबै गाँउलेहरुकै सहमतिमा हामीले उद्योग संचालन गरेको बताए। अर्कोतर्फ इट्टा उत्पादनबाट पुर्‍याएको असर त गाँउलेहरुले नै खेप्न बाध्य रहेपनि अन्यठाँउको तुलनामा यहाँ उत्पादन गरिएका इट्टा पनि महङ्गो पर्ने गरेको गुनासो गरेका छन्।
 
गाँउलेहरु सगँ सहमति गर्दा स्थानीयलाई इट्टा सस्तो पर्ने बताइएपनि अहिले सम्म अन्यठाँउको तुलनामा सस्तो नभएको स्थानीयको गुनासो छ। उद्योगको कारण समस्या खेप्न बाध्य भएका स्थानीयहरुलाई सम्वन्धीत निकायले न्याय दिलाउनु आवश्यकता देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ