arrow

सेयर दोहोरो अङ्कले बढेर १ अर्ब पुग्यो

उपत्यका बाहिरबाट थप सेवा

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
stock-exchange.jpeg
काठमाडौँ। सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । 
 
लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस ट्रेन्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आइतबार ११ दशमलव ४८ बिन्दुले बढेको छ । स्टकका अनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ । 
 
स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ०७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ । 
 
उपत्यका बाहिरबाट थप सेवा 
 
यस्तै स्टकको निर्देशनअनुसार आजदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन् । नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् । उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्गा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार सुरु गरेका छन् । 
 
स्टककाअनुसार नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन् । नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ