arrow

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
stock-exchange.jpeg
काठमाडौं । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले मंगलबार सर्किट ब्रेक लगाएको छ । 
 
बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । 
 
उच्च वृद्धि भएपछि सेयर बजार बुलिस ट्रेन्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ । 
 
स्टकका अनुसार बैंकिङ समूह ७५.०९, होटल ७१.०९, विकास बैंक ८२.९७, जलविद्युत् १०६.५१, फाइनान्स ३८.९४, बिमा ५०३.११ र अन्य समूह १०.१२ प्रतिशतले बढ्दा उत्पादन समूहको भने कुनै पनि सेयर कारोबार भएन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ