arrow

सगुनमा लगानीको लागि सर्वसाधारणलाई केही घण्टा थप

विश्वभरबाट सगुनमा २९ सय भन्दा बढीले लगानी गरे

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
sagoon.jpeg
 
काठमाडौं । अमेरिकी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा आवेदन गर्ने म्याद ७२ घण्टा बढाएको बताएको छ । कम्पनीले सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा मार्च ३० सम्म आवेदन गर्ने म्याद थपेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले लाइभ सम्बोधन गर्दे बताएका छन् ।
यसअघि सगुनले मार्च २७ मा सेयर आवेदन बन्द गर्ने बताएको थियो । अब लगानीकर्ताले अमेरिकाको वासिङ्गटन डिसीको समय मानेर आगामी मार्च ३० राति १२ बजेसम्म आवेदन गर्न सक्ने छन् । यस हिसावले नेपाली समयअनुसार शुक्रबार बिहान पौने दस बजेबाट लगानी बन्द हुनेछ । यही समयलाई आधार मानेर आफू बसेको देशको समय निकालेर लगानी गर्ने समय थाहा पाउन सकिने छ । 
 
 
सगुनमा लगानी गर्नको लागि अनलाइन फर्म भरेसकेको अवस्था भने मार्च ३० देखि पछि ७२ घण्टा भित्रमा बैंकिङ च्यानलमार्फत वायर ट्रान्सफर गरेर रकम पठाउन समय समेत दिएको छ । यस्तो अवस्था रहे पनि फर्म भरिसकेर जतिसक्दो चाडो रकम पठाउँदा लगानी सुनिन्चित गर्न सकिने बताइएको छ । 
सगुनले मिनी आइपिओबाट सगुनले २७ लाख डलर संकलन गरेको छ । अहिलेसम्म विश्वभरका २ हजार ९ सयभन्दा बढी सर्बसाधारणले सगुनमा लगानी गरेको कविन्द्र सिटौलाले जानकारी दिए । यति संख्यामा आवेदन आउनु कम्पनीका लागि उत्साहजन भएको उनले बताए । सगुनले विश्वब्यापी रुपमा उत्साहजनक लगानीकर्ताको सहभागिता देखिएको बताएको छ ।
 
सगुनले सर्बसाधारणलाई निस्कासन गरेको सेयर बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि मात्रै निस्कासन गर्ने सिटौलले बताए । त्यसपछि सर्बसाधारण सेयरधनीले लगानी गर्ने अबसर पाउने सम्भावना नहुने उनले बताए ।सगुनले संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्न ब्रोकर डिलर बुस्टेड सेक्युरिटी एलएलसीलाई जिम्मा दिएको छ । बुस्टेडले अमेरिकी आइटी हब सिलिकन भ्यालीमा १ सय बर्षदेखि  काम गरेको बिश्वासिलो इतिहास बोकेको ब्रोकर छ ।  
 
सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा समेत अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा यस अघि नै गरेको छ । 
सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।
 
सर्बसाधारणका लागि मिनी आइपिओको निस्कासन चरण सकिएपछि सगुन आफ्ना प्रोडक्ट डेभलपमा लाग्ने जनाएको छ । ‘हाम्रो पाइपलाइनमा धेरै प्रोडक्ट छन्, सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘तिनलाई युजरसम्म पुर्‍याउन अब हामी सबै क्षमता प्रयोग गर्ने छौं ।’ 
 
सगुनले मोवाइल एप बजारमा ल्याउने तयारी समेत गरेको छ । उसले सुरुमा एन्ड्रोइड प्लोटफर्ममा एप ल्याउने तयारी गरेको छ । सगुनका संस्थापक गिरीले एप डेभपको काम ५० प्रतिशत सकिएको बताएका छन् । ‘हामी जुनसम्ममा सगुनको मोवाइल एप बजारमा ल्याउने छौं, ’ उनले भने । 
 
सगुनका सहसस्थापक सिटौलाका अनुसार अहिले सेयर किन्ने सबैले सगुनको स्वामित्व पाउने बताए । ‘सगुनको सेयरभन्दा अहिले लगानी गर्नेले यसको स्वामित्व पाउने हो, उनले भने, सगुनको प्रगतिसँगै अहिलेका सबै लगानीकर्ता त्यसको सम्पत्तिको मालिक हुनेछन् ।’ उनले सन् २०१० मा अमेरिकी ट्याक्सी कम्पनी उबरमा १ सय डलर लगानी गर्नेहरुको प्रतिफल १० लाख डलरसम्म भएको उनले उदाहरण दिए । उनले अहिले सगुनमा जोखिम जति मात्रामा छ, त्यतिकै बढी मात्रामा प्रतिफल पाउने सम्भावना रहेको बताए । 
 
सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालबाट लगानी गर्न नसकिए पनि नेपाल बाहिर रहेका नेपालीहरुले भने लगानीको  यो अवसर प्राप्त गर्न सक्नेछन । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । सगुन डटकम-इन्भेस्टमा दिइएको फर्म भरेर आएको मेल अनुसार आफ्नो खाता भएको बैकबाट वायर ट्रान्फर गरेर सगुनको सेयरमा लगानी गर्न सकिन्छ । याउन अब हामी सबै क्षमता प्रयोग गर्ने छौं ।’ 
 
सगुनले मोवाइल एप बजारमा ल्याउने तयारी समेत गरेको छ । उसले सुरुमा एन्ड्रोइड प्लोटफर्ममा एप ल्याउने तयारी गरेको छ । सगुनका संस्थापक गिरीले एप डेभपको काम ५० प्रतिशत सकिएको बताएका छन् । ‘हामी जुनसम्ममा सगुनको मोवाइल एप बजारमा ल्याउने छौं, ’ उनले भने । 
सगुनका सहसस्थापक सिटौलाका अनुसार अहिले सेयर किन्ने सबैले सगुनको स्वामित्व पाउने बताए । ‘सगुनको सेयरभन्दा अहिले लगानी गर्नेले यसको स्वामित्व पाउने हो, उनले भने, सगुनको प्रगतिसँगै अहिलेका सबै लगानीकर्ता त्यसको सम्पत्तिको मालिक हुनेछन् ।’ उनले सन् २०१० मा अमेरिकी ट्याक्सी कम्पनी उबरमा १ सय डलर लगानी गर्नेहरुको प्रतिफल १० लाख डलरसम्म भएको उनले उदाहरण दिए । उनले अहिले सगुनमा जोखिम जति मात्रामा छ, त्यतिकै बढी मात्रामा प्रतिफल पाउने सम्भावना रहेको बताए । 
 
सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालबाट लगानी गर्न नसकिए पनि नेपाल बाहिर रहेका नेपालीहरुले भने लगानीको  यो अवसर प्राप्त गर्न सक्नेछन । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । 
 
सगुन डटकम-इन्भेस्टमा दिइएको फर्म भरेर आएको मेल अनुसार आफ्नो खाता भएको बैकबाट वायर ट्रान्फर गरेर सगुनको सेयरमा लगानी गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ