arrow

मधेसी मोर्चाका कार्यकर्ता उग्र बन्दै, नगरपालिका र जिससमा तोडफोड

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Kanchanpur-hamrakura.jpg.jpeg
कञ्चनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । 
 
सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । 
 
तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । 
 
लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे । 
 
उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् । 
 
त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । 
 
मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ