arrow

एनसेलले ल्यायो एसईई परीक्षार्थीका लागि विशेष अफर

माइफाइभ अन्तर्गतका ५ वटा नम्बरमा अनलिमिटेड कल सेवा

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
ncell-axiate-company-logo.jpeg
काठमाडौ । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ अफर ल्याएको छ । सो योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयामा एनसेलको प्रिपेड सिम किन्न पाउनेछन् ।  परीक्षार्थीले ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
 
योजना चैत्र २०देखि लागु हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।
 
परीक्षार्थीले सिम खरीद गरी  ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।
 
ग्राहकले एस्ट्रिक्स५५४४ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ शुल्क लाग्नेछ ।
 
‘‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई  संवोधन गर्ने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ