arrow

मुसहर बस्तीलाई पुग्यो पैसा, एउटैले दियो २ करोड

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
dhurmus-suntali-foundation-help-musahar-basti-bardibas-04.jpeg
काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पछाडी पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प्रदान गरेको हो । 
 
सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ लाई सहयोग हस्तान्तरण गरेका हुन् । बस्तीमा बनिरहेको घरको तारिफ गदै रायमाझिले साँच्चै नमुना र चमत्कारी काम भएको  बताए ।
 
 सहयोग रकम हस्तान्तरण पछि पत्रकारहरुसंग कुराकानी गदै रायमाझिले फाउण्डेशनलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । धुर्मुस सुन्तलीको कामबाट प्रभावित हुदै आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको हो । फाउण्डेशनलाई सहयोग गरे आफुहरुले दिएको सहयोग दुरुपयोग नहुने भन्दै सहयोग गरेको एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझिले बताए । धुर्मुस सुन्तलीको कामलाई आफुहरुले पहिलेदेखीनै हेरिरहेको बताउदै उनले भने ‘उहांहरु जस्तो मान्छेलाई सहयोग दिन पाउदा हामी निकै खुसी छौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ