arrow

उपभोक्ताविरुद्ध निर्माण व्यवसायी संघ, संशोधन फिर्ता लिन माग

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ चैत २२ मंगलबार
CAN-news-aa.jpeg

विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सार्वजनिक खरिद नियामावली  २०६४ को पाँचौ संशोधनको विरोध गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी संघले नियामावली संशोधनको विरोध गरेको हो ।  २०७३ साल फाल्गुन २६ गते नेपाल सरकारले सार्वजनिक खरिद नियमावली २०६४ संसोधन गरी उपभोक्ता समितिबाट गरिने निर्माण कार्यको हद ६० लाखबाट वृद्धी गरी १ करोड बनाएको र निर्माण कार्य गर्दा उपभोक्ताले ठूला औजार पनि प्रयोग गर्न सक्ने संशोधनमा व्यवस्था गरेकाले त्यसको घोर आपत्ति गर्दै सच्याउन निर्माण व्यवसायी संघले माग गरेको छ ।

यही अवस्थामा निर्माण व्यवसायीहरुले काम गर्न नसक्ने अवस्था आउने भएकाले सच्याउन माग गरेका छन् । उक्त ऐन संशोधन नसच्यार्ईए कडा आन्दोलनमा उत्रिने निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सन्तोष ढुङगानाले बताए । वैशाख ७ गते काठमाडौँ हुन लागेको निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ ।

संघले आजै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । पत्रकार सम्मेलनमा निर्माण व्यवसायी दिपेन्द्र कार्की, कोषप्रसाद उपाध्याय लगायतले संसोधन सच्याउन माग गरे । देशभर जम्मा १२ हजार व्यवसायी रहेकोमा १० हजार व्यवसायी डी श्रेणीका रहेको र उनीहरुले १ करोड भन्दा कम लागतमा काम गर्ने हुँदा सवै व्यवसायीहरु पलायन हुने अवस्था आएकाले देशभर दबाब तथा विरोधका कार्यक्रम गर्ने ढुङगानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ