- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । विश्व शान्ति एवं मानव कल्याणको कामनागर्दै सोमबारदेखि सप्तरीको छिन्नमस्ता शंखडा शक्तिपीठमा श्री १००८ लक्षचनन्डी रुद्र माहायज्ञ प्रारम्भ भएको छ । नौ दिनसम्म चल्ने महायज्ञमा नेपाल भारतका गरी ३ हजार व्राहमणद्धारा १ लाख आहुुति तथा रुद्रायष्ठायपाठ परायण गर्नै जनाइएको छ ।
महायज्ञका लागि २५ करोड रुपैया खर्च लाग्ने महायज्ञ संचालन समितिका सहयोगी रमेश घिमिरेले बताए । यो महायज्ञ सत्ययुुगा, द्धापरयुग पछी कलियुगमा सप्तरीको सखडा भगावती देवीको मन्दिरमा प्रारम्भ भएको घिमिरेले बताए । महायज्ञपछि मुलुकमा शान्ती समवृद्धि छाउने आयोजकको दावी छ ।
भारतमा यस्तो महायज्ञ पहिलो पटक जवाहरलाल नेहरुको पालामा भएको थियो । महायज्ञमा एक करोड भक्तजनको सहभागिता रहने आयोजक समितिले जनाएको छ । भारतमा चारपटक यस्तो महायज्ञ भएको थियो । विश्वमानै नेपालमा भएको यस्तो महायज्ञ पाचौं हो । महायज्ञमा विश्व शान्तको कामनागदै तिनहजार ब्राह्ममणले निरन्तर पाठ पढने गर्दछन । महायज्ञको शखडा शक्तिपीठका पीठाधीश महन्त महाकान्त ठाकुुरले शुभारम्भ गरेका थिए ।
महायत्रको रथयात्रा र मण्डप निमार्णमा ५ करोड रुपैया खर्च भइसकेको जनाइएको छ । नेपाल भारतका हजारौ भक्तजनहरु सोमबार भएको महायज्ञ सुभारम्भर समारोहमा सहभागी भएका थिए । महायज्ञमा डेढ करोडको मण्डप निमार्ण गरिएको छ ।
मण्डप भित्र यज्ञस्थलको निमार्ण गरेर महायज्ञको आयोजना गरिएको छ । महायज्ञका लागी आयोजक संस्थाले रथयात्रा गर्दै दुुईवर्ष अघिदेखि प्रचारप्रसारमा जुुटेको थियो । महायज्ञमा गएर दर्शनगर्दा मनोकामना पुुरा हुुने जनविश्वास रहेको छ । महायज्ञमा विराटनगर स्थित पाथिभरा माता लगायतको सहभागिता थियो ।