चुनावपछि विकासले गति लिन्छ : प्रधामन्त्री प्रचण्ड

प्रकाशित मिति : २०७३ चैत २९ मंगलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन् । बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसो भनेका हुन् । प्रधानमन्त्री दाहालले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताए  ।

दाहालले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको धारणा राखे ।

प्रधानमन्त्री दाहालले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताए । प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइने पनि बताए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ