- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन् । बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसो भनेका हुन् । प्रधानमन्त्री दाहालले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताए ।
दाहालले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको धारणा राखे ।
प्रधानमन्त्री दाहालले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताए । प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइने पनि बताए ।