arrow

महासंघमा गोल्छा अहिलेलाई बरिष्ठ, भवानीपछि अध्यक्ष

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
fncci-golchha-bhawani.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । अध्यक्षमा भवानी राणाको कार्यकालपछि भने गोल्छा स्वत अध्यक्ष हुनेछन्। 

महासङ्घको ५१ औं वार्षिक साधारणसभाको दोस्रो दिन भएको चुनावमा किशोर कुमार प्रधानलाई पराजित गर्दै गोल्छा बरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । शेखरले जिल्ला तथा नगरबाट ६१ मत प्राप्त गरे भने किशोर प्रधानले जिल्ला नगरबाट ४२ मत प्राप्त गरे ।

त्यस्तै वस्तुगत तर्फ गोल्छा समुहले ४८ मत ल्याएका छन् भने प्रधानले ५३ मत प्राप्त गरेका छन् ।

महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनी किशोर प्रधान प्यानलका हुन् । उनले दिनेश श्रेष्ठलाई पछाडी पार्दै विजय हात पारेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएका छन् । यता  दिनेश श्रेष्ठले भने ४८ मत ल्याएका छन् । पदाधिकारीमा दिनेश श्रेष्ठ मात्र गोल्छा समुहबाट पराजित भए ।

त्यस्तै महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४९ मत ल्याएर विजयी भएका हुन् । प्रतिषपर्धी शंकर पाण्डे र अनुप बहादुर मल्ललाई पछि पार्दै श्रेष्ठ विजयी भए । शंकर प्रसाद पाण्डेले ३८ मत ल्याए भने अनुप बहादुर मल्लले ११ मत ल्याए ।

चन्द्र ढकाल यसअघी नै एशोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । महासंघको एशोसिएट्सतर्फका उम्मेदवार शौरभ ज्योतिले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै उनी निर्विरोध उपाध्यक्ष बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ