arrow

नेपालको पर्यटन आर्थिक क्षेत्रकै खम्बा : राष्ट्रपति

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
President-Bidhya-Devi.jpg

ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताएकी छन् ।

प्रथम थोले देम्बा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताइन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “ऊर्जाशील युवाको जोश, जागर, ऊर्जा, सीप, अतिथ्यता, भाषाकुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो ।”

स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ ।

ओखलढुङ्गा पुग्दा राष्ट्रपति भण्डारीले ‘मेरो प्यारो ओखलढुङ्गा’ नामको कालजयी रचनाद्वारा ख्याति आर्जन गर्न सफल युगकवि सिद्धिचरण श्रेष्ठकको स्मरण समेत गरिन् ।

राष्ट्रपति भण्डारीले सदियौँदेखि बसोवास गर्ने विभिन्न जातजातिले थोले देम्बालाई पवित्र र सम्मानित स्थान मानेर देशको उत्तरोत्तर प्रगति, भातृत्व र एकता तथा विश्व शान्तिको कामना गर्ने परम्परा रहेको बताइन् ।

‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान स्थानीय वेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको महोत्सवमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले विकासका लागि पर्यटन विकासमा ध्यान दिनुपर्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ