नयाँ वर्षमा उज्यालो अभियान, ९७ एलइडी चिम वितरण

प्रकाशित मिति : २०७४ बैशाख २ शनिबार

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष २०७४ का अवसरमा निःशुल्क एलइडी चिम वितरण गरेको छ । 

मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पु¥याउने उद्देश्यले रु २५ हजार बराबरका ९७ एलइडी चिम निःशुल्क वितरण गरिएको थियो । 

नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीयवासी ज्येष्ठ नागरिक सुन्दर विकलाई एलइडी चिम हस्तान्तरण गरेर सो कार्यक्रमको उद्घाटन गर्दै वातावरणमैत्री र खर्च कम हुने एलइडी चिम प्रयोगमा जोड दिनुपर्ने बताए । 

गत सालको तिहारमा भैलो र देउसी खेलेर सङ्कलित रकमले फेदीपाटन र पिपलडाली टोल विकास संस्थाअन्तर्गतका एक सय पाँच घरमा एक महिनाभित्र पुरानाको सट्टा एलइडी चिम जडान गरिसकिने लक्ष्य रहेको क्लबका अध्यक्ष प्रताप पौडेलले जानकारी दिए । 

उनका अनुसार क्लबको सक्रियतामा रु एक लाख ८० हजारको लागतमा पार्दीखोलास्थित दम्सादी झोलुङ्गे पुलको मुखदेखि मास्पाटनसम्मको लगभग २०० मि लम्बाइको मोटर बाटोसमेत मर्मत गरी पुनः सञ्चालनमा आएको छ । 

पोखरासँग जोडिएर पनि विकास निर्माणको तुलनामा ओझेलमा परेको सो स्थानमा क्लबले यसअघि निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिकलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका सचिव टीकाराम पौडेलले जानकारी दिए । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ