arrow

केयुकेएललाई कम्प्युटर बिलिङ प्रणालीमा लान मन्त्रीको निर्देशन  

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
KUKL.jpeg

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई कम्प्युटर बिलिङ प्रणालीमा लानका लागि निर्देशन दिएका छन् ।

लामोसमयसम्म खानेपानी बक्यौता नउठ्ने समस्या देखिएको भन्दै मन्त्री शाहीले त्यो समस्या अन्त्य गर्नका लागि कम्प्युटर बिलिङ प्रणालीमा लान सो निर्देशन दिएका हुन् ।

मन्त्री शाहीले  १ महिनाभित्र  सबै शाखामा यो प्रणाली लागू  गर्ने व्यवस्था मिलाउन पनि भनेका छन्‌ |केयुकेएलले मन्त्री समक्ष कम्प्युटर बिलिङ प्रणालीमा लान लागि आफूहरू तयार रहेको भन्दै एक महिना भित्रै यो काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

केयुकेएलले ५ वटा शाखामा भने एक/दुई दिन भित्रै यो प्रणाली लागू गरिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ