arrow

मन्त्री बनेपछिको ८ महिनामा के-के गरे उद्योगमन्त्री नवीन्द्रराज जोशीले ?

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
nabindraraj_joshi.jpg

काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको कार्यकाल सुरु भएको करिब ८ महिना पुग्नै लागेको छ । २०७३ साल भदौं १० गते उद्योगमन्त्रीको रुपमा पद बहाली गरेपछि मन्त्री जोशीले अहिलेसम्म नीतिगत तथा कानूनी सुधारसँगै संरचनागत तथा प्रक्रियागत क्षेत्र तर्फ पनि उल्लेख्य कार्य गरेको मन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईँले जानकारी दिए । 

उनका अनुसार बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ तथा औद्योगिक व्यवसाय ऐन,२०७३ जारी हुनु नीतिगत तथा कानूनी उपलब्धीको रुपमा लिईएको छ । मन्त्री जोशीले ८ महिनामा गरेका मूलभूत नीतिगत, कानूनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरु तल उल्लेखित रहेका छन् । 

उद्याेग मन्त्रालयबाट पछिल्लाे ८ महिनामा भएका नीतिगत तथा कानुनी सुधार
- विशेष आर्थिक क्षेत्र ऐन ,२०७३ जारी भएको 
- औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको 
- औद्योगिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य आगाडि बढाइएको
- कम्पनी ऐन , २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको  
- खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको 
- विशेष आर्थिक क्षेत्र सम्बन्धि नियमावलीको  मस्यौदा तयार भई कानुन मन्त्रालयमा सहमतिको लागि पठाइएको 
- राष्ट्रिय खनिज नीति , २०७३ को मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको 
- राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषद्बाट स्वीकृत भएको 
- प्रबिधि विकासकोष नियमावलीको मस्यौदा तयार भएको 
- पेट्रोलियम नियमावली सैदान्तिक स्वीकृतिको लागि मन्त्रिपरिषद्मामा पेश भएको 
- बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि ऐन कानुन मन्त्रालयमा छलफल भईरहेको 
- अन्तराष्ट्रिय लगानी सम्मेलनको सफल आयोजना ।

 

संरचनागत तथा प्रक्रियागत सुधार 
- निजी क्षेत्रका समस्याहरुको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा मन्त्रालयमा नेपाल व्यवसाय मंचको सचिबालय खडा गरी कर्मचारी व्यवस्था गरिएको      

- उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज,पोखरा, भैरहवा, नेपालगंज तथा धनगढीमा औद्योगिक लगानीकर्ता सूचना केन्द्र को स्थापना 

- उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयमा सूचना केन्द्रको स्थापना गरि कर्मचारीको ब्यवस्था गरिएको  तथा उद्योग बिभागमा अनलार्इन प्रणाली सुरुवात भएको 

- पेट्रोलियम पाँचौं संसोधन नियमावलीलाई मन्त्रिपरिषद्मा स्वीकृतिका  लागि पेश भएको 

- गुणस्तर ऐन तर्जुमा गर्न सैद्दान्तिक सहमतिको लागिमा पेश भएको 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ