स्थानीय निकाय निर्वाचनको रौनकः उम्मेदवारी दिन नगर विकास समितिको अध्यक्षबाट राजीनामा
प्रकाशित २०७४ वैशाख ६ बुधबार
505
Shares
पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले राजीनामा दिएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पोखराका प्रमुख किशोरलाल महाजुलाई राजीनामा बुझाएपछि मङ्गलबार एक पत्रकार सम्मेलन गरी उनले नेपाली काँग्रेसका तर्पmबाट कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने आशय प्रकट गरे ।
“म पार्टीको सिपाही हुँ, पार्टीले जे जिम्मेवारी दिन्छ त्यसैमा काम गर्दछु,” उनले पत्रकार सम्मेलनमा भने ।
विसं २०७२ असार २३ गते समितिको अध्यक्षमा नियुक्त भएका खनालले समितिमा करिब २१ महिना काम गरेका थिए । रासस