arrow

जेठ २४ र २५ मा युवाहरुकोलागि स्टार्ट अप सम्मेलन 

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
minister_industry.jpg

काठमाडौं । विशेष गरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन स्टार्ट अप समिट आयोजना गर्न गईरहेको छ । 

देशभरका ७५ जिल्लाबाट ३०० जना युवाहरुको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सफल य्ुवा उद्यमीहकौ संलग्नता रहने छ । विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका वारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका वारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । 

विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दैसँगसँगै अगाडि बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय स्टार्ट अप सम्मेलनको आयोजना गर्न लागिएको हो । 
 

सम्मेलनको मुख्य उद्धेश्य निम्न रहेको छ ।

१) उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न गराउने ।

२) उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने । 

३) उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने । 

४) देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी, उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने ।

५) राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा स्पष्टता ल्याउने । 

कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । अवको प्रतिष्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ त्यसैले यो सम्मेलन नेपाली युवा उद्यमीहरुका लागि निकै महत्वपूर्ण हुनेछ भन्ने हाम्रो अपेक्षा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ