arrow

रोल्पामा पहाडी साना किसानका लागि अनुकुलन आयोजना

logo
कविता उपाध्याय,
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Liwang-Rolpa.jpg.jpeg

लिबाङ । वैशाख महिनादेखि रोल्पामा पनि ‘पहाडी साना किसानका लागि अनुकुलन आयोजना’ संचालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच अभिमुखिकरण कार्यक्रम संचालन गरी सो जानकारी गराएको हो ।

रोल्पा जिल्लाका सबै गाउँपालिका जलवायु परिवर्तनको जोखिममा रहेको हुँदा रोल्पा लगायत मध्यपश्चिम क्षेत्रका विभिन्न ६ जिल्लामा यो आयोजना संचालनमा रहेको आयोजना संयोजक पशुपतिनाथ कोइरालाले जानकारी दिए ।

उनका अनुसार जलवायु परिवर्तनको जोखिमबाट प्रभावित क्षेत्र, समूदाय र घरधुरीलाई लक्षित गरी यो कार्यक्रम संचालनमा रहेको हो ।

विशेष गरी माडीखोला र लुंग्री खोला उपजलाधार क्षेत्रलाई आधारमानी सुदृढ लापा तयारी तथा कार्यान्वयन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । कोइरालाका अनुसार जिल्लामा हालसम्म जलवायु परिवर्तनसंग सम्वन्धीत कार्यक्रमहरु संचालनमा नरहेका सबै गाविसमा यो कार्यक्रम संचालनमा रहने छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा अभिमुखिकरण कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुशील बैद्यले मध्यपश्चिम क्षेत्रका ६ जिल्ला मध्ये रोल्पामा पनि कार्यक्रम संचालनका लागि छनौटमा पर्नु स्वागत योग्य तथा खुशीको कुरा भएको बताए । उनले गरिवी नै पहाडि जिल्लाहरुको मुख्य समस्या भएको बताए । यस्तै, स्थानीय तहमा योजना बनाएर अघि बढ्न सके कार्यक्रम प्रभावकारी बन्न सक्ने विश्वास लिए ।

जिल्ला वन कार्यालय रोल्पाका अनुसार हाल सम्म जिल्लाका २४ गाविसमा जलवायु परिवर्तन सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ