arrow

चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएकाको आफन्त भन्छन् – आफ्नो छैन, अरुले दिएकाले चिसो थेगेन

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
earth_chitwan1.jpg.jpeg
 
(गोकर्ण भण्डारी) नाम्दु (दोलखा) । दोलखाको नाम्दु गाविस वडा नं ३ खनियाखर्कका ४८ वर्षीय केशव घिमिरेको केही दिनअघि निधन भयो । पुसको चिसोलाई थेग्न नसकेपछि पुसको जाडो र गरिबी नै उनको मृत्युको कारक बन्यो । 
 
दोलखामा कठ्याङ्ग्रिएर मर्ने उनी १४औँ व्यक्ति हुन् । भूकम्पमा घर भत्किएर घाइते भएका घिमिरे त्रिपालको अस्थायी टहरामा थलिएर बस्नुभएको थियो । आफ्नो घरमा पर्याप्तमात्रामा ओढ्ने र ओछ्याउने लुगा नभएपछि छिमेकीले दिएको कपडाको भरमा चिसोमा काम्दै रात र दैनिकी काट्दै आएका आफ्ना छोरा अन्तिममा चिसोले नै आफूहरुबाट छुट्याएर लगेको मृतकका बाबु ८५ वर्षीय महेश्वर घिमिरेले आज रासससँग दुखेसो पोख्नुभयो ।
 
मृतकका बुबा महेश्वर भन्नुहुन्छ – “हामी आमा बुबा वृद्धवृद्धा छौँ । हामीलाई पाल्ने बेलामा छोराको मृत्यु भयो । घर लड्यो अब यी नातिनातिनाको बिजोग हुने भयो । कसरी पालनपोषण गर्ने हो ?” आर्थिक अवस्थामा अत्यन्त नाजुक रहेकाले मृतक घिमिरेका श्रीमती राजधानीमा अरुको घरमा भाडा माँझेर घर व्यवहार चलाउँदै आएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– “श्रीमान्ले अरुको घरमा गरेको बनिबुतोले बूढाबूढी सासूससुराको पालनपोषण र बालबच्चाको हेरचाह गरिरहेका थियौँ ।” उहाँको घरमा चार जना बालबच्चा र बुबाआमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ