arrow

संजयलाइ  युवा उत्प्रेरणा अवार्डबाट सम्मान 

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
sanjaya-youth-parliament.jpg

काठमाडौं। नेपालमा नै पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना  गरिएको युथ पार्लियामेन्ट  सम्मेलनमा सगरमाथा , मनास्लु सहित बिश्वका ११ हिमालहरुको सफल किर्तिमानी आरोहण गर्न सफल  संजय पण्डितलाई सम्मान गरिएको छ । 

सोमबार राष्ट्रिय सभा गृहमा भएको कार्यकममा  युवा उत्प्रेरणा अवार्ड २०१७ बाट पण्डितलाई सम्मान गरिएको हो। गणतन्त्र नेपालका पूर्व राष्ट्रपति डा.रामबरण यादबले पण्डितलाई सम्मान गरेका थिए । पररास्ट्र मन्त्रि डा .प्रकाश शरण महत  युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याल ,यूरोपेली महासंघ का राजदुत ,पाकिस्तानी राजदुत ,माल्दिब्सका राजदुत ,बंगलादेश एबम श्रीलंकन  राजदुतहरुले समेत उनलाई संयुक्त रुपमा ताम्र पत्र  एबम फुल माला सहित सम्मान गरे । 

हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा  चिनाउदै लाखौ  युबाहरुको लागि सफलताको लागि  प्रेरणा श्रोत बन्न अहम  भूमिका खेलेको हुनाले उनलाई उक्त अवार्ड द्वारा सम्मान गरिएको आयोजकले जनाएको छ । पण्डितले अस्ट्रेलिया र अफ्रिकाको सर्बोच्च  शिखर उल्टो पैदल हिडेर सफलता पुर्बक आरोहण गर्दै नेपालको पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने कृतिमान कायम गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ