arrow

काठमाडौंमा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे, नक्सापास भटाभट

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पछिल्लो समय नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा वृद्धि भएको छ । 

चालु आवको चैत मसान्तसम्ममा दुईहजार आठसय ९६ जना घरधनीले निर्माण सम्पन्न प्रमाणपत्र लिइसकेका छन् भने दुई हजार ४० जनाले नक्सा पास गरेका छन् । 

आव २०७२÷७३ मा दुईहजार नौसय ५३ जनाले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् भने दुई हजार १०० ले नक्सा पास गरेका काठमाडौँ महानगरपालिकाका इन्जिनियर राम थापाले जानकारी दिए । 

थापाका अनुसार २०७२ साउनदेखि कामपाले निर्माण सम्पन्न अनिवार्य गर्दै, नगरेको खण्डमा उक्त भवन बैंकमा राखी ऋण लिन नपाउने, कामपाबाट पाउने सुविधा – पानी, बिजुली, फोहर उठाउने सुविधा नपाउनुको साथै उक्त भवन नामसारी समेत नगर्ने कदम चालेपछि नगरवासीले प्रमाणपत्र लिन बाध्य भएका हुन् । 

नियमअनुसार नक्सा पास भएको दुई वर्षमा निर्माण गरिसक्नु पर्नेछ भने निर्माण पूरा भएको तीन दिनभित्र निर्माण सम्पन्न प्रमाणपत्रका लागि कामपामा निवेदन पेस गरिसक्नुपर्नेछ । 

समयमानै नगरवासीले निवेदन पेस नगरे कारबाहीको प्रक्रिया समेत अघि बढाइने छ । भवन निर्माण गर्ने स्थानको अभावको कारणले पनि पछिल्लो समय नक्सा पास गर्नेको सङ्ख्यामा कमी भएको र कामपाले निर्माण सम्पन्नको लागि कडाई गरेपछि प्रमाणपत्र लिने बढेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ