arrow

बारामा ७० करोड बराबरको गहुँ क्षति

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
wheat-crops.jpg

वीरगन्ज। वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा  ७०  करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ। जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो।


जिल्लामा यस वर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा वैशाखको पहिलो साता आएको असिनाबाट जिल्लामा ३० प्रतिशत गहुँ बाली क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरतन साहले बताए।


यसैगरी, सो असिनाबाट बारा जिल्लामा दलहन बाली ५० प्रतिशत, तरकारी बाली २५ प्रतिशत र हिउँदे मकै बाली २० प्रतिशत क्षति भएको सो कार्यालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ