arrow

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
nepal-telecom-logo.jpg.jpeg

तेह्रथुम। बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा परेका हुन्।


पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा नेपाल टेलिकमको सो सेवा अवरुद्ध छ। यी जिल्लामा पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ। टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता छ।


टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन्। पटक-पटक नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदासमेत दिगो व्यवस्थापनको बाटो नरोजिएको म्याङलुङका रोशन श्रेष्ठले बताए।

 

नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने गरेको उनको गुनासो छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ