- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । सरकारी नियमनकारी निकायले पुनर्बासको बजारमा अनुगमनमा बेवास्था गरेपछि गुणस्तरहीन पेयपदार्थको बिक्री खुलेआम हुँदा स्थानीय उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर हुने देखिएको छ । स्थानीय प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाएको बताउँदै आएपनि पुनर्वासमा गुणस्तरहीन पेय पदार्थको बिक्रीवितरण बढ्दै गएको छ।
पुनर्बास स्थित एक विद्यालयमा बुधबार दिउँसो चिसो पेय पदार्थ किनेर ल्याउँदा बोतलमा लेदो र ढुसी जमेको भेटिएपछि यो घटना सार्वजनिक भएको हो । सो सार्वजिनक भएसँगै उपभोक्त्राहरुमा भने आक्रोश बढेको छ । विद्यालयका शिक्षकहरुले प्रान कम्पनीले उत्पादन गरेको लिची जुस किनेर ल्याएपछि खोल्दा खान नमिल्ने देखिएपछि यसको गुणस्तरहीनताको पर्दाफास भएको हो।
बजारमा यतिबेला म्याद नाघेका र ढुसी जमेका पेय पदार्थको बिक्री बढीरहे पनि प्रशासनले नियन्त्रणमा ध्यान नदिदा उपभोक्ताहरू गुणस्तरीय पेय पदार्थ उपभोग गर्नवाट वञ्चित हुनु परेको छ। गर्मी मौसमले गर्दा पेय पदार्थको माग बढी हुनेगरेको छ । तर, उत्पादक कम्पनीहरुले भने यस्तै मौका छोपेर कालोबजारी र गुणस्तरहीन बस्तु विक्री गर्नेगरेको खुलेको हो ।
बजारमा गुणस्तरहीन प्रान कम्पनीको लिची जुसको बिक्री वितरण भैरहँदा पनि अनुगमन गर्ने निकाय भने मौन बसिदिँदा यसले उपभोक्ताको स्वास्थ्यमा हानी गर्ने देखिन्छ ।