arrow

६०० अर्ब रुपैयाँ स्थानिय तहमा पठाउने काँग्रेसको अठोट 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
congress-manifesto-cover.jpg

ललितपुर । वित्तीय संघीयताको मूल मर्म अनुसार नेपाली कांग्रेसले संघीय बजेटको ५० प्रतिशत भन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करीब ६०० अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकाहरुमा सोझै पठाउने अठोट व्यक्त गरेको छ । 

नेपाली कांग्रेसले मंगलबार सार्वजनिक गरेको स्थानीय निर्वाचन २०७४को घोषणापत्रमा काँग्रेसले यो अठोट व्यक्त गर्दै अब स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजनाहरुको छनौट र निर्माण प्रक्रिया प्रभावकारी बनाइने कांग्रेसले जनाएको छ ।  यसबाट विकास–निर्माणका काम छिटो–छरितो, कम खर्चिलो र परिणाममुखी हुने पनि नेपाली कांग्रेसले विश्वास व्यक्त गरेको छ । 

लाभ–लागतको अध्ययन भएका, जनताको व्यापक सहभागिता जुट्ने, आर्थिक र श्रम सहयोग प्राप्त हुने प्रकृतिका महत्वपूर्ण स्थानीय परियोजनाहरुमा बहुवर्षीय बजेटको प्रतिबद्धता गरिने कांग्रेसले जनाएको छ । साथै  नेपालमा निर्माण उद्योगले अझै परिपक्वता हासिल गरिनसकेको सन्दर्भमा स्थानीय तहमा अब विकास निर्माणको ठूलो लहर आओस्,गुणस्तरीय काम होस् भन्नका लागि स्थानीय निर्माण व्यवसायीहरुलाई प्रोत्साहन र प्रभावकारी अनुगमनको व्यवस्था गरिनेपनि नेपाली कांग्रेसले घोषणापत्रमा स्पष्ट पारेको छ ।  

कुनै पनि परियोजना शुरु गर्दा नेपाली कांग्रेसका स्थानीय सरकारहरुले परियोजना किन आवश्यक छ ?, आयोजनाले आम समुदायमा ल्याउन सक्ने आर्थिक, सामाजिक, सांस्कृतिक वा वातावरणीय प्रभाव के हो ?, खर्चले धान्न सकिन्छ कि सकिंदैन ?, परियोजनामा प्रयोग हुने उपयुक्त प्रविधिहरु उपलब्ध छन् कि छैनन् ? निर्धारित समय सीमाभित्र आयोजना कार्यान्वयनको सुनिश्चितता  छ कि छैन ? जस्ता आधारहरुको खोजी गरेर मात्र परियोजनाहरु अगाडि बढाउनेछन् भन्ने पनि कांग्रेसको घोषणापत्रमा स्पष्ट पारिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ