arrow

वन्यजन्तुको तस्करी ट्रान्जिट प्वाइन्ट बन्दै डडेल्धुरा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
tigers.jpg.jpeg

डडेल्धुरा । डडेल्धुरामा गएराती एक थान चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले डडेल्धुरा अमरगढी नगरपालीका ७ पोखरामा अनपा ६ दुमडाका ६० वर्षीय करविर दत्त भट्टराईलाई चितुवाको छाला सहित पक्राउ गरेको हो ।

 

८ फिट लम्वाईको वन्य जन्तु चितुवाको छाला लुकाई छिपाई विक्रिका लागि लगिरहेका समयमा भट्राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यो छाला सहित आर्थिक वर्ष २०७२÷०७३ देखी हालसम्म २२ महिनाको अवधिमा डडेल्धुरामा १० चितुवको छाला सहित ७ जनालाई पक्राउ गरिएको छ । यसैगरी चितुवाकै १७ किलो ७ सय ग्राम र एक सय ६४ थान हड्डी समेत वरामद गरिएको छ ।

 

सुदुरपश्चिमको दार्चुला, वझाङ र वाजुरा जिल्लाका नाका भएर चीन तर्फ वन्यजन्तुको छाला, ओखेटोपहार तस्करी हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवाको छाला नेपालको तराईका जिल्ला वा भारतबाट तस्करी गरी डडेल्धुरामा राख्ने र पछि चीन निकासी हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुख ईन्द्रमणी भण्डारीले बताए । 

 

सुरक्षा दृष्टिकोणवाट सुदुरपश्चिम क्षेत्रबाट चीन तर्फ वन्य जन्तु तस्करीका लागि सहज भएकाले केही समय यतादेखी यस क्षेत्रमा वन्यजन्तुको तस्करी वढ्दै गईरहेको छ । भारतीय तस्करहले नेपालको सुदुरपश्चिमका नाकालाई वन्यजन्तुको तस्करीको केन्द्र वनाएको प्रहरीको भनाई छ । प्रहरीको सक्रियता वढेकाले पछिल्लो समयमा वन्यजन्तुका छाला सहित ओखेटोपहार पक्राउ हुने क्रम वढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रेमवहादुर शाहीले वताए ।  

 

तस्करी भईरहेको समयमा तस्कर र छाला पक्राउ गरेपनि हालसम्म मुख्य अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । भरिया मात्रै पक्राउ पर्ने तर मुख्य तस्कर पक्राउ नपर्ने हुँदा वन्यजन्तुको चोरी सिकारी हुने क्रम रोकिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ