मुम्बई । बलिउड अभिनेत्री विद्या वालनलाई किड्नीमा पत्थरी भएको आशंका पछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । आबुधाबीको कनेक्टिङ फ्लाईटमा अचानक ढाड दुखेपछि उनका पति सिद्धार्थ राय कपुरले विमान लेण्ड गर्न लगाएर अस्पताल भर्ना गराएका थिए ।
विद्याका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उनलाई हिन्दुजा अस्पतालका विशेषज्ञले अवलोकन गरिरहेको जनाएका छन् ।
नयाँ वर्षसँगै विद्याको जन्मदिन मनाउन सिद्धार्थ विद्यासहित विदेश सयरमा थिए । तर विमानमै बिरामी भएपछि अवतरण गराएर एयरपोर्टकै क्लिनिकमा चेकजाँच गरिएको थियो ।
उपचारको क्रममा विद्यालाई निकै ज्वरो पनि आएको थियो । त्यसपछि हाइप्रोफाइलका यो दम्पती मुम्बईको फ्लाइट समातेर फर्किएको थियो ।