arrow

आठजना पत्रकार सम्मानित, मदनमणि काठमाडौका वरिष्ठ पत्रकार

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
madanmani_dixit_samman.jpg

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने आठजना पत्रकारलाई सम्मान गरेको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्रालयद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारतर्फ र राष्ट्रिय पत्रकारिता पुरस्कारतर्फ समान चार÷चारजना पत्रकारलाई सम्मान गरेको हो । 

 

सम्मानित हुनेमा वरिष्ठ पत्रकारतर्फ मदनमणि दीक्षित (काठमाडौँ), नारायणप्रसाद शर्मा (दाङ), कृष्णा ताम्राकार (काठमाडौँ) र विश्वबन्धु भण्डारी (तनहुँ) बाट छन् । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा गुणशेखर शर्मा (चितवन), गजेन्द्र बुढाथोकी (उदयपुर), सिराज खान (बाँके) तथा मोरङका शिवबहादुर कार्की छन । उनीहरुलाई सम्मानसहित जनही रु दुई लाख प्रदान गरिएको छ । 

 

पत्रकारहरुलाई सम्मान गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारले पार्टीगत भन्दा पनि पेसागत मर्यादालाई भुल्न नहुने बताए । मुख्यसचिव डा सोमलाल सुवेदीले निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा कलम चलाउने व्यक्तित्वलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। 

 

राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले राष्ट्रलाई समुन्नत बनाउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै सञ्चार नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । 

 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मान विवादास्पद नभई उच्चतम् समावेशी भएको बताए । सम्मानित व्यक्तित्व बुढाथोकीले अहिले पनि विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले न्यूनतम् पारिश्रमिक नपाएको गुनासो गर्दै सरकारले यसलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए। 

 

अर्का सम्मानित व्यक्तित्व शर्माले देशलाई विभाजित हुन नदिन पत्रकारको महत्वपूर्ण योगदान हुने भन्दै मोफसलमा रहेका पत्रकारलाई सम्मान गर्दा काममा थप ऊर्जा मिल्ने बताए। सरकारले गत वर्षदेखि गोरखापत्रको प्रकाशन सुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ । रासस 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ