arrow

टेलिकमको कार्यालयमा हाइटेन्सन, करेन्ट लागेर दुई जनाको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
electric-transmission.jpeg

बागलुङ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई युवाको मृत्यु भएको छ । 

कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट लागेको जनाइएको छ । 

सुरुमा बमबहादुरलाई करेन्ट लागेको देखेपछि साथीलाई बचाउन खोज्दा दुधनलाई पनि करेन्ट लागेको बताइएको छ ।
 
मृतक दुवैको शवलाई परीक्षणका लागि धौलागिरि अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । मृतक दुवैले केही दिनअघि मात्र टेकिलमको निर्माणाधीन भवनमा काम सुरु गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ