- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीले काठमाडौंको यट्खा बहालबाट मतदान गरेका छन् ।
बिहानै मन्दिर पुगेर पुजा पाठ गरेपछि उनले ८१ वर्षीय आफ्ना पितालाई साथमा लिएर मतदान गरेका हुन् । उनका दाजु उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि सोहि मतदान केन्द्रबाट मतदान गर्दैछन।
मतदानपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै जोशीले आफू मेयर भएपछि काठमाडौंका जनताको सेवामा दिनरात नभनी लागिपर्ने बताए ।