काँग्रेस काठमाडौंका मेयर उमेद्वार राजुराजले गरे यट्खा मतदान केन्द्रमा मतदान
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
875
Shares
काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीले काठमाडौंको यट्खा बहालबाट मतदान गरेका छन् ।
बिहानै मन्दिर पुगेर पुजा पाठ गरेपछि उनले ८१ वर्षीय आफ्ना पितालाई साथमा लिएर मतदान गरेका हुन् । उनका दाजु उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि सोहि मतदान केन्द्रबाट मतदान गर्दैछन।
मतदानपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै जोशीले आफू मेयर भएपछि काठमाडौंका जनताको सेवामा दिनरात नभनी लागिपर्ने बताए ।