दोलखामा एक पछि अर्को घटना : बैत्यश्वरीमा मतपेटिका लुट्न खोज्दा १५ राउण्ड हवाइ फायर
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
974
Shares
काठमाडौं । दोलखामा एक पछि अर्को घटना भएका छन् । स्थानीय तहको चुनावको मतदान भएरहेकै समयमा बैत्यश्वरी स्थित नाम्दुमार्बु केन्द्रको मत पेटीका लुट्न खोज्दा प्रहरीले हवाई फायर गरेको छ।
नाम्दुमार्बुमा मत पेटीका लुट्न खोज्ने समूहलाई धपाउन प्रहरीले हवाइ १५ राउन्ड हवाई फायर गरेको छ । मेलुङको पवटी मतदान केन्द्रमा मतपेटिका जोगाउन नसकिने अवस्था सिर्जना भएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर नकुल भुजेलको मृत्यु भएको छ । यस्तै, सहरेमा भने पुन मतदान कार्य सुरुभएको छ।
रोकिएको शहरेको मतदान पुनः सुरु भएको बताइएको छ । पवटीमा गोली चलेपछि मतदान स्थगित भएको छ । पानी परेपछि घाइतेको उद्धारमा कठिनाई भएको र उनीहरुलाई बोलेरोमा हालेर चरिकोट पठाइएको बताइएको छ । हेलिकप्टर उड्न कठिनाई भएको छ ।