काठमाडौं। मुस्ताङ जिल्लाभरी नै स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत गणना एकैपटक सुरु हुने भएको छ। आईतबार भएको निरसुवाका दुई र नुवाकोटका एक गाउँपालिकामा मतगणना सुरु हुन थालेको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनको मतपेटिकाहरु सबै आईसकेको र सोमबार विहान ८ बजे सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने प्रमुख जिल्ला निर्वाचन कार्यालयका प्रमुख सिताराम शर्मा लामिछानेले जानकारी दिए।
उनका अनुसार एकैपटक सर्वदलीय बैठकबाट निर्णय गराएर मतगणना सुरु गर्ने तयारी भईरहेको छ।