arrow

जिरी नगरपालिकामा काँग्रेस अगाडि, वडा नम्बर १ मा काँग्रेसको क्लीनस्वीप

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
Dolakha_District.png

जिरी । दोलखाको जिरी नगरपालिकामा काँग्रेस अगाडि रहेको छ । काँग्रेस उम्मेदवार सोनाम शेर्पा ३०१ मतसहित अगाडि रहेका छन् । 

त्यस्तै माओवादी  केन्द्रका गल्बु शेर्पा १६६ मतसहित दोस्रो स्थानमा छन् । एमालेका टंकबहादुर जिरेल भने १३६ मतसहित तेस्रो स्थानमा छन् । 

जिरी नगरपालिकाको वडा नम्बर १ मा काँग्रेसले क्लीनस्वीप गरेको छ । वडाध्यक्षमा लाक्पा शेर्पा २९७ मतसहित विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सांगे शेर्पाले १८२ तथा एमालेका निमा शेर्पाले १३१ मत पाए । 

वडा १ का सबै सदस्यहरुमा पनि काँग्रेस नै विजयी भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ