काठमाडौं। ललितपुर जिल्लाको महाँकाल गाँउपालिकाबाट स्वतन्त्र उम्मेदवारको अग्रता सुरु भएको छ । स्वतन्त्रका उम्मेद्वार गणेश बहादुर केसीले ३१७ मत ल्याउदै काँग्रेस र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । महाँकाल गाँउपालिकामा एमालेका उम्मेद्वार रामचन्द्र दाहालले २५५ मत ल्याएका छन् भने माओवादी केन्द्रका बुद्धबहादुर नोगीले १३२ र कांग्रेसका भीमसेन घिमिरेले १०८ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा ३६६ मत सहित एमालेका कमला तामाङ पहिलो स्थानमा र २२५ मत सहित कांग्रेसका सुशीला अधिकारी दोस्रो स्थानमा रहेको महांकाल गाउपालिकाका निर्वाचन अधिकृत ध्रुवकुमार ढकालले बताए ।