काठमाडौं महानगरपालिकामा काँग्रेसका राजुराज आए अगाडी
एउटै वडामा एमालेको भन्दा चार गुणा धेरै काँग्रेसको
प्रकाशित २०७४ जेठ २ मंगलबार
632
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकमा नेपाली काँग्रेस अघि भएको छ । काँग्रेसका राजुराज जोशीले एमालेका विदया ससुन्दर शाक्यलार्इ उछिनेका हुन् ।
मत गणनाको सुरुवातबाट नै अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर उमेद्वार विद्या सुन्दर शाक्यलार्इ पछि पार्दै कांग्रेसका राजुराज जोशीले अगाडी आएका हुन् ।
दिउँसो २ बजेसम्मको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३ सय २१ मत प्राप्त गर्दै एमाले उम्मेद्वारलाई ७ मतले पछि पारेका हुन् । एमालेका विद्या सुन्दर शाक्यको ३ सय १४ मत रहेको छ ।
वडा नम्बर ३२को मतले काँग्रेस अगाडी आएको हो। कुल गणना गरिएका २५० मत मध्येमा नेपाली कांग्रेसले १३५ मत ल्याउँदा नेकपा एमालेले ३२ मत मात्र ल्याएको छ। यो एमालेको भन्दा चार गुणा धेरै हो। यस्तै विवेकशिल पार्टी ४७ मत, साझा पार्टीका उम्मेदवार किशोर थापाले ११ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ।
१ नम्वरमा भने काँग्रेसको अनपेक्षित कम मत खसेको छ। यद्यपी साझा पार्टीका उमेद्वार किशोर थापाको पारिवारिक नाता भएको क्षेत्र भएका कारण उनलाई वढी मत नक्साल आसपासबाट वढी मत झरेको आँकलन गरिएको छ।
साझा पार्टीका किशोर थापाको २०४ मत छ भने विवेकशील नेपालीको रञ्जु दर्शनाको १९० रहेको छ। माओवादी केन्द्रको ३० मत मात्र रहेको छ। वदर मत भने ११७ रहेको छ।
उपमेयरमा पनि काँग्रेसकै हरिप्रभा खड्गी अगाडी रहेकी छन्। दिउँसोसम्मको कांग्रेस उम्मदेवार हरिप्रभाले १ सय ८४ मत ल्याएकी छिन् भने राप्रपा–एमाले गठबन्धनका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले १ सय ४२ मत ल्याएका छन् । साझा पार्टीको तर्फबाट उपमेयर उम्मेदवार निरुपमा यादवले ९१ मत ल्याएकी छिन् ।