arrow

चिरिबाबुले नसोचेको भयो ललितपुर महानगर २ मा

ललितपुरका सबै वडा हाम्रा जित्ने आधार हुन् : हरिकृष्ण

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
chiribabu-hari.jpg

ललितपुर । ललितपुर महानगरमा काँग्रेस एमालेको कडा टक्कर पर्ने भएको छ । काँग्रेसबाट चिरिबाबु महर्जन चुनावी मैदानमा छन् भने, एमालेबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा छन् ।

मंगलबार साँझ सम्म ५ वटा वडाको मत गणना सकिँदा काँग्रेसले १ नम्बर वडा र एमालेले २, ३, ४ र ५ नम्बर वडामा जित हासिल गर्यो । सुरुवाती अग्रता काँग्रेसले लिएपनि पछि ४ वटा वडाको मत गणनासम्म एमालेले अग्रता लियो । पाँचौ वडामा आउँदा काँग्रेस अगाडि लाग्यो । उचार चढाव भई नै रहयो ।

काँग्रेसको पकड रहेका वडामा पुगेपछि अझ कडा टक्कर पर्ने देखिन्छ । टक्कर पर्ने संकेत २ नम्बर वडामा अनपेक्षित नतिजा आउनु हो । काँग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले हाम्राकुरासँग भने, ‘२ नम्बर वडामा अनपेक्षित नजिता आयो । मलाई घाटा लाग्यो । १ नम्बरमा ल्याएको नतिजा २ नम्बरमा तिरियो ।’ चार नम्बरले आफुलाई केही राहत दिएको बताउँदै उनले थपे, ‘चार नम्मरमा हामीले वडा अध्यक्ष जित्नु पर्ने थियो । केही मत तलमाथि भयो ।’

उनले आफ्नो कोर एरिया आएपछि मत अन्तर बढ्दै जाने विश्वास लिए । निकै प्राविधिक आँकलन गर्दै सोचविचार गरेर चिरिबाबुले भने, ‘अहिले नै जित्छु भन्ने शब्द प्रयोग नगरौँ । अवस्था क्रिटिकल छ । मेरो कोर एरियाको नतिजा हेर्नै पर्छ । जित्ने सम्भावना प्रवल छ ।’ जित्ने आधार के हो ? जवाफमा उनले भने, ‘हामीसँग अब अति पकड रहेका ६, ८, ९, ११, १२, १३, १४, २० वडा छन् । अन्य वडाहरुमा पनि राम्रै पकड छ । यी वडा निकै मत भएका वडा हुन् । यस्तै, २० नम्बर वडामा सबै भन्दा बढी मत खसेको छ ।’ अहिलेको चुनावको प्राविधिक पक्ष केलाउन बडो अफ्ठ्यारो छ । पकड क्षेत्रको व्यग्र प्रतिक्षामा रहेको चिरिबाबुले बताएका छन् ।
 

सबै वडा हाम्रा जित्ने आधार हुन्, हामी जित्ने पक्का हो
एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ठाडै आफुले नै जित्ने बताए । व्यञ्जनकारले धेरै साेचेनन् । उनले भने, ‘२, ३, ४ र ५ वडा हामीले जितिसकेका छौँ । अब सबै वडामा क्रमश जित्दै जाने हो । हामीलाई अनपेक्षित मत आएको छ ।’ सवै वडा हाम्रै पडक हो । जित्ने पक्का हो । एमालेले राप्रपासँग तालमेल गरेको छ । यसअघि राप्रपाले दोस्रो संविधान सभा निर्वाचनमै प्रत्यक्षमा ७ हजार भन्दा बढी मत ल्याएको थियो ।

२९ वडा रहेको ललितपुरमा कुल १ लाख १२ हजार ९ सय २३ मतदाता रहेकामा ७९ हजार २ सय मत मात्रै खसेको थियो । बदर मत भने ललितपुरमा त्यति धेरै नभेटिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ