arrow

प्रतिष्पर्धीको भन्दा झण्डै दुई गुणा बढी मत ल्याएर जितिन गल्कोटमा रेणुकाले

आमा झमायाको विडो थाम्दै आइन छोरी रेणुका, बनिन उपाध्यक्ष

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
renuka-kauchha.jpg

बाग्लुङ। वाग्लुङ गल्कोट नगरपालिकाको उपमेयरमा काँग्रेसको यूवा उमेद्वार रेणुका काउचा विजयी भएकी छन्। प्रतिष्पर्धीको भन्दा झण्डै दुई गुणा वढी मत ल्याएर उनले यो चुनावकै सम्भवत सबै भन्दा फराकिलो अन्तरले जीत्ने रेकर्ड पनि कायम गरेकी छिन्। 

गल्कोटमा उपमेयरकी उमेद्वार रेणुका काउचाले ६०९९ मत ल्याउँदा एमालेकी रत्ना भण्डारी ३३५७ मत ल्याइन। राष्ट्रिय जनमोर्चाको वलियो मानिएको वाग्लुङको गल्कोट क्षेत्रमा नेपाली काँग्रेसले विजय हासिल गरेको हो। गल्कोटमा जनमोर्चा र एमालेले एकता गरेका थिए। माओवादी अलगै चुनाव लडेको थियो। 

गल्कोटको मेयरमा काँग्रेसका भरत शर्मा गैरे ५८१५ मत ल्याएर निर्वाचित हुँदा जनमोर्चाका टंक बहादुर केसीले ३६६२ मत मात्र ल्याए। माओवादीका फमलाल निउरेले २७सय ४० मत ल्याए। 

आमा झमायाको विडो थाम्दै आइन छोरी रेणुका, बनिन उपाध्यक्ष
२० बर्ष अघी २०५४ सालमा वडा सदस्यमा निर्वाचित भएकी रेणुकाकी आमा त्यसयता स्थानीय तहको चुनाव हुन नसक्दा चाहेर पनि अन्य पदमा आउन सकिन्न। 

२० बर्षपछि उनै झमायाकी छोरीले रेणुकाले आमाको विडोलाई थाम्दै आमाले हासिल गरेको भन्दा माथिको र ठूलो क्षेत्रमा सफलता हासिल गरिन्। 

२०७४ मा आइपुग्दा उनकी छोरी काँग्रेसका तर्फबाट सबैभन्दा धेरै मतान्तरले निर्वाचित भइन। 

२०५४ को चुनावमा धेरै मतान्तरले जितेको आमाको विडो रेणुकाले थामिन। उनले आमाको विँडो मात्र थामिनन आमाको सपनालाई साकार बनाउन थप राजनीतिमा होमिइन। 

सवल छोरी पुस्ता अगाडी प्रतिष्पर्धामा आउँदा उनले हौस्याइन। छोरीलाई मार्गदर्शन गरिन। आमा झमाया र यनीजस्तै नगरभरिका आमाहरु र मतदाताको मायाले जिम्मेवारी काँधमा आएको बताउने रेणुकाले आफूहरु त्यसमा खरो उत्रने बताउँछिन। उनले भनिन अब कामको दिनगन्ती शुरुभयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ