arrow

गोरखामा नौ तहमा काँग्रेस, दुईमा माओवादी केन्द्र

एमाले र नयाँ शक्ति शून्यमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार

गोरखा । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् । 

गोरखा नगरपालिकामा काँग्रेस 
गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याउनुभयो । 

उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा (एमाले)ले जितेको हो भने नेकपा (माओवादी केन्द्र)ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ । 

पालुङटारमा काँग्रेस 

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी हुनुभएको छ । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गर्नुभएको हो । 

उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित हुनुभएको छ । बसेलले चार हजार ४९४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याउनुभएको छ । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो । 

यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो । 

भीमसेनमा काँग्रेस 

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी हुनुभएको हो । काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गर्नु भएको हो । 

आरुघाटमा काँग्रेस 

आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकै कल्पना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ