बर्खे अधिवेशनको पहिलो दिन संसद्मा के-के छन् कार्यसूची ?
प्रकाशित २०७४ जेठ ८ सोमबार
1k
Shares
काठमाडौं । व्यवस्थापिका संसद्को बैठक बस्दैछ । दिउँसो १ बजे व्यवस्थापिका संसद् भवन नयाँवानेश्वरमा बस्ने बैठकमा दुई वटा कार्यसूची पेश हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार आजको बैठकले राष्ट्रिपति कार्यालयबाट आएको संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको पत्र पढेर सुनाउने र भोलि बस्ने बैठकमा आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेटको लागि प्रि बजेट छलफलको कार्यसूची रहेको जानकारी सांसद््हरुलाई दिने कार्यसूची रहेको छ ।
जेठ १५ गते सार्वजनिक गरिने वार्षिक बजेटको लागि मंगलबारदेखि नै प्रिबजेट छलफल हुँदैछ भने ११ गते राष्ट्रिपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पढेर सुनाउने कार्यतालिका रहेको छ ।