arrow

सिपमुलक तालिमले कैदि बन्दीको जीवन फेरिदै

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
District-55-Rukum-hamrakura.jpg.jpeg
दिलिप खड्का, रुकुम । जिल्ला कारागार रुकुममा रहेका कैदि बन्दी तथा थुनुवाहरु विभिन्न संघसंस्थाको सहयोगमा सीप मूलक तालिम प्राप्त गरेपछि व्यवसायी बन्दै गएका छन् । आफुअरु व्यवसायी बन्दै गएपछि कारागारबाट नै आयआर्जन गर्न थालेको उनिहरुले  बताएका छन्  । कारागारमा रहेका कैदी बन्दी तथा थुनुवाहरुले स्थानिय कच्चा पदार्थ प्रयोग गरि मुडा,झोला तथा विभिन्न कपडाहरु बुनाई काम गरेर आयआर्जन गर्न थालेका हुन । सिपमुलक तालिमले कैदि बन्दीको जीवन फेरिएको छ ।
 
यस्तै चार वर्ष अघि कारागारमा आएका ६२ वर्षिय रुपवहादुर घर्तिले कारागार भित्रैबाट भएपनि आफुले सिप सिकि व्यवसाय गरिरहेको बताएका छन्  । कारागार आएर साथीहरुले बुनाई काम गरेको देखे पछि  आफुले पनि सिप सिकेर त्यस तर्फ लागेको घर्तिले बताए ।  पहिला उक्र काम गर्न गाह्रो भएपनि सीप सिकेपछि काम गर्दै जाँदा अहिले राम्रो सिप सिकिएको र  दिन बिताउन पनि सजिलो भएको उनको भनाई छ ।
 
ग्राहकको माग अनुसार सामाग्रि बनाउन सके मासिक १० देखि १२ हजार सम्म आम्दानी गर्न सकिने उनिहरुको भनाई छ । कारागारमा बन्दी जीवन बिताएका दर्जन बढि कैदी बन्दी तथा थुनुवाहरु यस्तै व्यवसाय गर्दै परिवारको अर्थिक समस्या टार्ने गरेको छन् । आफुहरुले बनाएका समाग्रि बजारमा पाईने भन्दा सस्तो मुल्यमा  बिक्रि गर्न थालेपछि कारागार भित्रको सामान किन्ने ग्रहाकहरु पनि बढ्दै गएको उनिहरुको भनाई छ ।
 
उनिहरुले बनाएका सामानहरु जिल्लका प्रमुख व्यपारिक केन्द्र सदरमुकाम मुसिकोट नगरपालकिा , चौरजहारी नगरपालिका , लगाएतका ठाउमा बिक्री हुने गर्दछ । फुर्सदको समयमा सिप सिकेर केहि बन्दीहरु यसरी व्यवसायी बन्दै गएपछि अरु कैदीबन्दीहरु पनि त्यस व्यवसाय तर्फ आकर्षित भएको जिल्ला कारागारले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ